You are viewing the translated version of बीमकको लेखापरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने कुरा.
Section 38
बीमकको लेखापरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने कुरा
ऐनको दफा ८७ बमोजिम लेखापरीक्षकले बीमकको लेखापरीक्षण प्रतिवेदन तयार गर्दा प्रचलित कानूनले तोकेको व्यवस्थाका अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछ:-
(क) बीमकको बीमा कोष, अनिवार्य जगेडा कोष तथा त्यस्तै प्रकृतिका अन्य कोष वा सम्पत्ति दायित्वको अनुपातमा प्राधिकरणले निर्धारण गरे बमोजिम भए वा नभएको,
(ख) बीमकले इजाजतप्राप्त बीमा व्यवसाय बाहेक अन्य बीमा व्यवसाय वा कारोबार गरे वा नगरेको,
(ग) बीमकले बीमितको हित प्रतिकूल कुनै कार्य गरे वा नगरेको,
(घ) बीमकले प्राधिकरणको निर्देशन अनुरूप कार्य गरे वा नगरेको,
(ङ) स्वीकृत बीमालेख बाहेकको अन्य बीमालेख जारी गरेः वा नगरेको,
(च) शेयरधनीलाई जानकारी गराउनु पर्ने वित्तीय वा अन्य विषयमा शेयरधनीलाई जानकारी गराए वा नगराएको,
(छ) बीमकले लिएको दीर्घकालीन दायित्वको अनुपातमा त्यस्तो जायजेथाबाट दायित्व निर्वाह गर्न बीमक सक्षम रहेको वा नरहेको,
(ज) बीमकको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी भए वा नभएको,
(झ) ऐन, यो नियमावली, अन्य प्रचलित कानून, प्राधिकरणले समय समयमा जारी गरेको बीमा सम्बन्धी विनियम, निर्देशन र मार्गदर्शन पालना गरे वा नगरेको ।